जगदम्बा मोटर्सद्वारा “टिभिएससँग सुनको सगुन” विशेष अफर सार्वजनिक

काठमाण्डौं । नेपालमा टिभिएस मोटर कम्पनीका आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रा।लि।ले नयाँ राष्ट्रव्यापी ग्राहक योजना “टिभिएससँग सुनको सगुन” विशेष अफर सार्वजनिक गरेको छ । मूल्य, भरोसा र नयाँ सुरुवातको उत्सवका रूपमा ल्याइएको यो अफर बिहे तथा चाडपर्वको मौसमलाई लक्षित गर्दै नेपालभर लागू हुने कम्पनीले जनाएको छ । विश्व बजारमा बढ्दो सुनको मूल्य र ग्राहकको भावनात्मक चाहनालाई ध्यानमा राख्दै ल्याइएको यस अफरमार्फत जगदम्बा मोटर्सले टिभिएसलाई नयाँ परिवार, नयाँ घर र नयाँ यात्राजस्ता जीवनका महत्वपूर्ण क्षणहरूमा विश्वासयोग्य साझेदारका रूपमा प्रस्तुत गर्ने उद्देश्य राखेको छ ।

सुनको दीर्घकालीन मूल्य र टिभिएस सवारी साधनको विश्वसनीयतालाई एकैसाथ जोडेर ग्राहकलाई स्मार्ट निर्णय र भावनात्मक सन्तुष्टिको अनुभव दिने प्रयास गरिएको कम्पनीको भनाइ छ । अफर अवधिमा टिभिएस बाइक वा स्कुटर खरिद गर्ने ग्राहकहरूले नगद, फाइनान्स वा एक्सचेन्ज जुनसुकै माध्यमबाट खरिद गर्दा समेत आकर्षक सुविधाहरू प्राप्त गर्नेछन् । यसअन्तर्गत प्रत्येक दिन सुनको सिक्का जित्ने अवसर, एक लाख रुपैयाँसम्मको क्यास छुट, सबै मोडलमा एक्सचेन्ज सुविधा, नागरिकता वा ड्राइभिङ लाइसेन्सका आधारमा सजिलो फाइनान्स सुविधा तथा सबै टिभिएस मोडलमा लाइफटाइम वारेन्टी प्रदान गरिनेछ । अफर १८ माघदेखि ३ चैत्रसम्म ४५ दिनको अवधिका लागि नेपालभरका सबै आधिकारिक टिभिएस शोरुमहरूमा लागू हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *