कांग्रेसको कार्यवाहक मुख्यसचिवमा दुलाल
काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक मुख्यसचिवको जिम्मेवारी कृष्णप्रसाद दुलाललाई तोकिएको छ । पार्टी सभापति गगन थापाले कांग्रेस केन्द्रीय कार्यालयका सचिव दुलाललाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि मुख्यसचिवको जिम्मेवारी तोकेका हुन् । यसअघिका मुख्य सचिव कृष्णप्रसाद पौडेलले माघ ८ गते पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै थापाले दुलालाई कावा मुख्यसचिवको जिम्मेवारी तोकेका कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिएका छन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (१०), नेपाली कांग्रेसको नियमावली, २०७६ को नियम ४६ (ग) तथा नेपाली कांग्रेस कर्मचारी विनियमावली, २०७९ को नियम १४ (क( बमोजिम अर्को व्यवस्था नहुन्जेलसम्मका लागि केन्द्रीय कार्यालयका सचिव श्री कृष्णप्रसाद दुलाललाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयको का.वा. मुख्य सचिवको जिम्मेवारी तोक्नु भएको छ, शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
















