काठमाडौंबाट उडेको टर्किस एयरलाइन्सको जहाजमा एउटा इन्जिन फेल, कलकत्ता अवतरण

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको टर्किस एयरलाइन्सको जहाजको एउटा इन्जिन फेल भएको छ। बुधबार दिउँसो साढे १ बजे काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडेको जहाजको एउटा इन्जिन फेल भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए। उनकाअनुसार काठमाडौंबाट उडेको दुई मिनेटमै एउटा इन्जिन फेल भएको हो। ‘उडेको दुई मिनेटमै एउटा इन्जिन फेल भएको रिपोर्ट गरेको थियो। कुन इन्जिन भन्ने जानकारी छैन,’ उनले भने। उनकाअनुसार जहाज भारतको कलकत्ता जाने रिपोर्ट गरेको उनले बताए। ‘कलकत्ता जाने हो, ठिक छौं भनेर जानकारी आएको छ। जहाज अपराह्न ३ बजेतिर जहाज कलकत्ता सुवासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *