भाटभटेनीले दुर्गम जिल्लाका कैयौँलाई डाक्टर बनाएको छ : अध्यक्ष गुरुङ

काठमाण्डौं । कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोर आजदेखि सञ्चालनमा आएको छ । कार्यक्रममा भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले माघ २४ मा पाँच महिना पूरा भएको दिनमै स्टोर पूर्णरुपमा सञ्चालनमा ल्याइएको जानकारी दिए । भदौ २४ मा भाटभटेनीको मुख्य वेयरहाउससहित १२ वटा स्टोरमा क्षति आगजनी गरी खरानी बनाइयो, हामीले मुख्य वेयरहाउस आजभन्दा दुई महिना अघि नै सञ्चालनमा ल्यायौँ । आजदेखि कोटेश्वर स्टोर पूर्णरुपमा सञ्चालनमा आएको छ । गुरुङका अनुसार भदौ २४ मा भएको आगजनीबाट कम्तिमा पनि १७ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको छ । दसैं तिहारका लागि स्टोर गरी राखिएको इन्स्योरेन्सबाहिरका अर्बौँ रुपैयाँका सामग्री आगजनी गरेर नष्ट पारिएको थियो ।

भदौ २४ मा संसारमै नभएको र नगरिएको दुर्लभ घटना गराइयो, गुरुङको भनाइ छ, यो घटनालाई भित्री मनमा राखेका छौँ । हाम्रा सबै भाइ बहिनीले राख्नुभएको छ । गुरुङलाई अहिलेसम्म पनि थाहा छैन, के कारणले भाटभटेनीमा यसरी आक्रमण गरियो, र आगजनी । के कारणले भयो थाहा छैन । भाटभटेनी हजारौँलाई रोजगारी दिने संस्था हो । भाटभटेनीले दुर्गम जिल्लाका कैयौँलाई डाक्टर बनाएको छ । अस्पताल निर्माण गरिदिएको छ । मठ मन्दिर निर्माण गरिदिएको छ । तर पनि आक्रमण गरियो । यसले मनमा निकै चोट पुर्‍याएको छ । पाँच महिनामै पुरानै अवस्थामा पुनर्निर्माण गरिएको भाटभटेनी परिसरमा उभिएर शनिबार बिहान गुरुङले भने, अब भदौ २४ लाई बिर्सौँ, अब अघि जाऔँ । अब अघि बढ्दा के भन्ने गरेको छु भने हे भगवान् अब उप्रान्त मेरो देश नेपालमा अब यस्तो कहिल्यै नहोस् !”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *