कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट पुनः सञ्चालनमा
काठमाण्डौं । २४ भदौमा कथित जेनजी आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनी गरिएको कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ । भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङलगायतले आज विशेष पूजा गरी सुपरमार्केट पुनः सञ्चालन गरिएको हो ।

आन्दोलनका क्रममा पूर्ण रूपमा क्षति पुगेको सुपर मार्केटको भवनमा करिब पाँच महिनासम्म मर्मत तथा पुनर्निर्माण कार्यपछि भाटभटेनी आजबाट सर्वसाधारणका लागि पुनः खुला गरिएको हो । संस्थाले १० हजारभन्दा बढी मानिसहरुलाई रोजगार दिईरहेको छ भने नेपाल सरकारलाई कर तिर्नेमा पहिलो नम्वरमा रहेको छ ।


















