चण्डेश्वरी सहकारीले ६.९९ प्रतिशत ब्याजदरमा उद्यमशील कर्जा लगानी गर्ने

काभ्रे । बनेपामा मुख्य कार्यालय रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुमा सीप विकास गरी स्वरोजगार बनाउने भएको छ । संस्थाले सदस्यहरुको आय आर्जनमा टेवा पु¥याउने उदेश्यका साथ सीप विकासको तालिम आयोजना गरेको छ । सीप र पुँजी प्रवाहको माध्यमबाट सदस्यहरुमा उद्यमी बनाई स्वरोजगार बनाउने उदेश्यका साथ समय समयमा विभिन्न तालिमहरु आयोजना गर्दै आएको संस्थाले जनाएको छ । सोही अनुरुप संस्थाले आजबाट उद्योग तथा वाणिज्य कार्यालय धुलिखेल र संस्थाको सयुक्त आयोजनामा एक हप्ते तालिमको सुरु गरेको हो । सदस्यहरुलाई लक्षित गरी संस्थाले घरयासी प्रयोजनका लागि प्रयोग हुने साबुन,सरफ, फिनेल तथा हार्पिक बनाउने तालिमको सुरु गरेको हो । बनेपा न।पा।वडा नं।४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठको प्रमुख अतिथि र संस्थाका अध्यक्ष नबिन भक्त बादेको विशेष आतिथ्यता र उद्योग वाणिज्य संघका कार्यालय प्रमुख रबिन घिमिरेको अध्यक्षतामा कार्यक्रम सुरु भएको हो । तालिममा १६ जना सदस्यहरुको सहभागिता रहेको संस्थाले जनाएको छ । संस्थाले उद्यम गर्न चाहने सदस्यहरुलाई सस्तो ब्याजदरमा ऋण लगानी गर्ने समेत भएको छ । संस्थाले हालै मात्र ६.९९ प्रतिशत ब्याजदरमा महिला उद्यमशीलता ऋण ल्याएको छ ।

१० बर्षको लागि संस्थाले ५० लाखसम्म ऋण लगानी गर्ने भएको छ । व्यवसाय दर्ता भई सञ्चालन भएको, सदस्य बनेको ३ महिना पुगेको र १८ देखि ६५ बर्ष उमेरका सदस्यहरुलाई ऋण लगानी गर्ने संस्थाले जनाएको छ । त्यसैगरी संस्थाले युवाहरुलाई समेत लक्षित गरी नयाँ कर्जा योजना ल्याएको छ । संस्थाले ६.९९ प्रतिशत ब्याजदरमा नै युवा स्वरोजगार कर्जा १० बर्षका लागि १ करोडसम्म ऋण लगानी गर्ने भएको छ । यस आर्थिक बर्षको पौष मसान्तसम्म ११ करोड ४३ लाख माथि शेयर पुँजी रहेको संस्थाको जगेडा कोषमा १५ लाख २० हजार रहेको छ । संस्थाले १ अर्ब १७ करोड ९८ लाख बचत संकलन गरी ८८ करोड २७ लाख ऋण लगानी गरेको छ । ११ हजार माथि शेयर सदस्य रहेको संस्थाको कुल सम्पत्ति १ अर्ब ५३ करोड २६ लाख पुगेको छ । संस्थाले सदस्य सुरक्षा कार्यक्रम अन्तर्गत उनीहरुलाई दुःख विरामी पर्दा आर्थिक सहयोग समेत गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *