सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ बाँडफाँट

काठमाण्डौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आईपीओ मंगलबार बिक्री प्रबन्धकमा कुमारी क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो । कम्पनीको आईपीओमा कुल २५ लाख ५२ हजार ६०२ जनाले २ करोड ६९ लाख ३२ हजार ८ सय कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये २४ लाख ११ हजार ९२२ आवेदन सदर भएका छन् भने ४० हजार ६८० आवेदन बदर भएको छ । कुल सदर आवेदकमध्ये ५७ हजार २४३ जनालाई ५० कित्ताका दरले ५ लाख ७२ हजार ४३० कित्ता शेयर बाँडफाँड गरिएको छ । थप एक कित्ता शेयर एक जनाले पाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *