नेकपाका महासचिव ऋषि कट्टेल पक्राउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ परेका छन् । निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कट्टेललाई कीर्तिपुरबाट पक्राउ गरेको हो । अहिलेसम्म उक्त पार्टी ४ जना पक्राउ परिसकेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए । यसअघि मंगलबारमात्रै उक्त पार्टीका धर्मेन्द्र बास्तोला, विष्णुप्रसाद तिमल्सिना र एसपी साह पक्राउ परेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *