एशियन लाइफको व्यतित बीमालेख रिन्यू गर्दा ५० प्रतिशतसम्म छुट

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण (रिन्यू) गर्दा ब्याजमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ। एशियनबाट लाइफबाट जारी गरिएका बीमालेख अन्तर्गत २०८२ माघ मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नु पर्ने मितिले ६ महीना नाघेका (पूर्ण व्यतित भएका) बीमालेखहरू आज फागुन ८ गतेदेखि चैत २२ गतेभित्र रिन्यू गरेमा ब्याज छुट दिने निर्णय गरेको हो। कम्पनीका अनुसार फागुन ८ गतेबाट परिपक्व हुन बाँकी अवधि ५ वर्षदेखि माथि भएमा ५० प्रतिशत र २ वर्षदेखि ५ वर्षभन्दा कम भएमा २५ प्रतिशत छुट दिइनेछ। साथै २ वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै छुट नहुने र एकपटक छुट सुविधा लिइसकेका बीमितलाई पुनः छुट नहुने कम्पनीले स्पष्ट पारेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *