रौतहटमा तनाव, २० जना पक्राउ

काठमाडौं । रौतहटमा दुई समुदायबीच झडप भएपछि जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश यथावत् छ । शनिबार दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले गौर नगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको हो । कर्फ्यु आदेशपछि पनि केही स्थानमा छिटपुट आगजनीको घटना भएको थियो । हाल स्थिति काबुमा रहेको रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले बताए । कर्फ्यु छ, तर अहिले स्थिति सामान्य छ,” उनले भने, कर्फ्यु लगाएपछि एकछिन अलि भित्रभित्रतिर केही घटना भएको थियो । अहिले त्यस्तो छैन । दुई समुदायबीच झडपका कारण रौतहट सदरमुकाम गौर तनावग्रस्त बनेको थियो । यसक्रममा केही व्यक्ति घाइते भएका छन् । केही सवारीसाधनमा आगजनी समेत गरिएको छ । उच्छृंखल गतिविधिमा संलग्न आरोपमा हालसम्म २० जनालाई प्रहरीले पक्राउ गरेको यादवले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *