तीन दिन सार्वजनिक बिदा दिन आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले चुनावका बेला तीन दिन सार्वजनिक बिदा सिफारिस गरेको छ । यही फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिन आयोगले सरकारलाई भनेको हो । मतदानमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई सिफारिस गरेको छ, आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने । प्रतिनिधिसभा सदस्य छान्न यही फागुन २१ गते मतदान हुँदै छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *