मोरङमा विभिन्न पार्टीका नेता-कार्यकर्ता कांग्रेस प्रवेश
काठमाडौं । मोरङमा विभिन्न पार्टीका नेता(कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई नेपाली कांग्रेसका नेता तथा मोरङ ६ का उमेदवार डा. शेखर कोइरालाले पार्टीमा स्वागत गरे । विराटनगर १२ का उर्जाशील पार्टीका केन्द्रीय सदस्य आकाश कर्ण, नेकपाका भीमबहादुर केसी, धिरज ताजपुरिया, सोहिल शेख, अनुराग विश्वकर्मा, बब्लु साह, रिहान राजा, राहुल सहनी, अर्जुन कामत, ऋतिक साह, ऋतिक पासवान, विक्की सहनी, गुणेश्वर कामत कांग्रेस प्रवेश गरेका हुन् । त्यस्तै, एमालेका माधव घिमिरे, राप्रपाका डीबी बिक, राजकुमार बिकलगायत कांग्रेसमा प्रवेश गरे ।
















