नेकपाप्रति जनताको विश्वास बढ्दै गयो – संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा (एमाले) रक्षात्मक अवस्थामा पुग्दा आफ्नो पार्टीप्रति जनताको विश्वास बढ्दै गएको दाबी गरेका छन् । शुक्रबार नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् । अन्य पुराना राजनीतिक दलहरू रक्षात्मक अवस्थामा पुग्दा नेकपा मात्रै आक्रामक रूपमा अघि बढेको कारण जनताको विश्वास बढ्दै गएको उनको जिकिर छ । नेपाली कम्युनिस्ट पार्टी मात्रै त्यस्तो पार्टी बनेको छ, जुन महाअभियानको रूपमा निर्वाचनमा अगाडि बढेको छ र उभारको रूपमा देखा परेको छ, प्रचण्डले भने, अन्य पुराना पार्टीहरू रक्षत्मक छन् ।

हामी मात्रै आक्रामक ढंगले अगाडि बढेका छौँ । नेकपाले अघि सारेका नीति, योजना र कार्यक्रमले मात्र मुलुकको स्वाधिनताको रक्षा र जनहितको पक्षमा काम गर्न सक्ने प्रचण्डको दाबी छ । अबको पाँच दिन जनताको घरघरमा पुगेर सम्झाउन सके नेकपा मुलुककै पहिलो राजनीतिक दल बन्ने उनको दाबी छ । दिन प्रतिदिन नेपाली कम्युनिस्ट पार्टीप्रति यसले अगाडि सारेका, नीति, योजना र कार्यक्रमप्रति अनि हामीले गरेका प्रतिबद्धताहरूप्रति जनताको भरोसा र विश्वास बढ्दै गएको छ । नेकपाले मात्र मुलुकको स्वाधिनताको रक्षा र जनहितको पहरेदारी गर्नसक्नेछ । यो मात्र एक नम्बर पार्टी हो जसले निर्वाचनपछि देशको नेतृत्व गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *