अरुण नदीको पुल भाँचिँदा टिपर दुर्घटना

संखुवासभाको मकालु गाउँपालिका– ५ र २ जोड्ने अरुण नदीमाथिको पुल भाँचिँदा एक टिपर दुर्घटनामा परेको छ । शनिबार बिहान साढे ८ बजे भएको दुर्घटनामा चालक घाइते भएका छन् । नुम प्रहरी चौकीका अनुसार दुर्घटनामा परेका चालक सिन्धुपाल्चोकको बाह्रबिसे निवासी ४६ वर्षीय अर्जुन श्रेष्ठ हुन् । ०३(००१ क २९२० नम्बरको टिपर रहेको प्रहरीले जनाएको छ । घाइते श्रेष्ठको नुम स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ ।

स्वास्थ्य अवस्था थप जाँच तथा उपचारका लागि केही समयपछि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ । संखुवासभाका पत्रकार भवीन खड्काका अनुसार उक्त टिपर मकालु– २ मा निर्माणाधीन जलविद्युत आयोजनाका लागि सामान बोकेर जाँदै थियो । दुर्घटनास्थल जिल्ला सदरमुकाम खाँदबारीबाट करिब ४९ किलोमिटर टाढा पर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *