चुनाव भाँड्न को-को सक्रिय छन् ?

काठमाडौँ । विदेशीको आड भरोसामा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चरित्र उदाङ पारेको छ । चुनाव प्रचारका क्रममा त्यस दलका कार्यकर्ताले गरेका हर्कतका कारणले मात्र होइन, उम्मेदवार र पार्टी नेताहरूकै अभिव्यक्ति र व्यवहारले रास्वपा राष्ट्रिय पार्टी बन्नु विडम्बना ठान्न थालिएको छ । राष्ट्र र जनताको हितको कुरालाई बेवास्ता गर्दै व्यक्तिगत स्वार्थ र हित हेरेर राजनीति गर्नेहरूको अखडा मानिएको रास्वपा अझै नेपाली धरातलमा टेक्न सकेको छैन । चुनाव प्रचार शैलीले नै प्रतिस्पर्धी दललाई मानसिक रूपले परास्त गर्ने सोच बनाएर प्रचार संयन्त्र परिचालनमा विशेष जोड दिएको त्यो दल बिस्तारै जनताको नजरमा नाङगिदै गएको छ । रास्वपाका अहिले चुनावमा खडा भएका ९० प्रतिशत उम्मेदवार कुनै न कुनै अपराधमा संलग्न भएको अभियोग लागेकाहरू रहेको बताइन्छ । त्यसमा मानव बेचबिखन, जीउ मास्ने बेच्नेदेखि बलात्कारसम्मका अभियुक्त रहेका छन् । सो पार्टीका अध्यक्ष, वरिष्ठ नेता, महामन्त्री देखी उम्मेदवार बनेका अधिकांश व्यक्ति चारित्रिक रूपले सुद्ध नभएको विवरणहरू सार्वजनिक भएका छन् । चुनाव जित्नलाई झुट बोल्ने, नाटक गर्ने देखी राष्ट्रमाथि नै आगो लगाउनेहरू आफूलाई नयाँ भनेर रास्वपाका उम्मेदवार बनेका छन् । तर, उम्मेदवार हेर्दा चाहिँ काँग्रेस, एमाले, माओवादी, राप्रपा छोडेका ती पार्टीबाट अवसर नपाएका, विभिन्न कारणले अनुशासनको कारबाईमा परेकाहरू नै रास्वपाले उम्मेदवार बनाएको छ । जनताको विश्वास जितेर, नीति कार्यक्रम राम्रो ल्याएर, चरित्रवान्, निष्ठा वान र इमानदार व्यक्तिहरूलाई अघि सारेर चुनाव जित्न तिर भन्दा पनि रास्वपाले स्थापित शक्तिलाई आमाचकारी गाली गरेर आफ्नो स्पेस बनाउन खोजेको छ । त्यो कुरा अहिले नेपाली जनताले राम्ररी थाहा पाइसकेका छन् । जेन्जी आन्दोलनको नाममा भदौ २३ र २४ गतेको विनाश लीलाको सूत्रधार र योजनाकार पनि रास्वपा नै भएको कुरा दुनियाँलाई थाहा भइसकेको छ । अहिले बालेन र रविहरू पहिले गोली चलेको हो, त्यसपछि मात्र आगो लागेको हो, भनेर रट लगाइरहेका छन् । तर, यथार्थ त्यस्तो छैन । पहिले संविधानसभा भवन भत्काएको छ ,आगो लगाइएको छ, त्यसपछि मात्र गोली चलेको छ ।
२३ गतेको घटना २४ गतेका लागी वातावरण बनाउन घटाइएको थियो । जनतालाई भ्रममा राखेर २४ गते अदृश्य शक्तिको साथ लिएर पुरै देशमा आगो लगाइयो । मेचीदेखि महाकालीसम्म डढाएर राख बनाइयो । राजधानी शहर त जलाएर मसानघाट जस्तो बिरूप बनाइयो । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, अख्तियार, प्रमुख प्रहरी केन्द्रहरू, मुख्य व्यवसाय, होटेल सबै जलाइयो । अहिले पनि ती केन्द्र जलाएकोमा पश्चताप छैन । रास्वपाका नेता र चुनावी उम्मेदवारहरू भवन भनेको इँटा सिमेन्ट मात्रै हो भनिरहेका छन् । देशभरिका स्थानीय प्रशासन भवन, प्रदेश प्रशासनिक भवन, प्रहरी पोष्टहरु किन आगो लगाइए भन्ने कुराको जवाफ नेपाली जनताले पाएका छैनन् । अझै अहिले त भदौ २४ गते नख्खु जेलबाट भाग्ने रास्वपा सभापति रबी लामिछानेले सिंहदरबारको फलानो दराजमा २५ वटा फाइल छन् तिनलाई कब्जामा लिनु भनेको भनाइ पनि सार्वजनिक भएको छ । मन्त्री हुँदा गोपनीयताको शपथ खाएको रबी लामिछानेले मन्त्री पदबाट हटेपछि आफूले खाएको शपथ नै बिर्सेर राष्ट्रको गोपनीयता भङ्ग गरेको भनेर व्यापक विरोध भएको छ । अब यही कारणले रविलाई राष्ट्रविरुद्ध अपराध गरेको अर्को मुद्दा लाग्न सक्छ । वरिष्ठ नेता बालेन्द्र साहको त नागरिकता काण्ड,महानगरलाई दोहन गरेका अनेक घटना बाहिर आएका छन् । जनतालाई दुःख दिएको, महानगरको बजेट अपचलन गरेको, तस्करसँग साँठगाँठ गरेको जस्ता अनेक अभियोग लागेको छ । अहिले रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर पूर्व प्रधानमन्त्री खड्ग प्रसाद ओली विरुद्ध झापा क्षेत्र नंं ५ मा उम्मेदवार बनाएपछि त झन् उनको असली अनुहार सार्वजनिक भएको छ । मनोनयन दर्ता गर्न जाँदा आफ्नै कार्यकर्तामाथि हातपात गरेको, श्रद्धापूर्वक लगाइदिएको माला फालेको ,पत्रकारको मोबाइल भुईँमा फालिदिएको, गजेन्द्रनारायण सिंहको सालिकमा अश्रद्धापूर्वक माला फालिदिएका जस्ता दर्जनौँ घटना सार्वजनिक भएका छन् । रास्वपालाई सरकारले सुरक्षाकर्मी, खर्च व्यवस्थाको चाँजोपाँजो मात्र मिलाइदिएको होइन राजीनामा दिएर गएका र रास्वपाका उम्मेदवार बनेका मन्त्रीको सचिवालय सञ्चालन र तलब भत्ता नियमित भुक्तानी गरेको रहस्य पनि खुलेको छ । अहिले चुनाव केन्द्रित गुण्डागर्दीमा उत्रिएको रास्वपा होस गुमाउदैछ ।
एकातिर रास्वपा भन्ने स्याँल हुइयाँबाट मात्तिएको र अर्कोतर्फ जितको आधार नै नभएकोले हताश भएको सो समूह भौतिक आक्रमणमा उत्रिएको छ । दाङमा सो समूहको नेता रवि लामिछाने आउने कार्यक्रममा एमालेको झन्डा जलाएपछि अहिले रास्वपा गंभिर सङ्कटमा फसेको छ । जनकपुरमा केटाकेटी जम्मा गरेर चकलेट खुवाएर काँग्रेसको झन्डामा मुत्न लगाउने, सुनसरीमा रास्वपालाई भोट नदिने राष्ट्र विरोधी भनेर आरोप लगाउने, सुनसरीमा काँग्रेसको चुनाव प्रचार प्रचारमाथि अभद्र व्यवहार गर्ने, कतै माओवादीका सभा बिथोल्न खोज्ने हर्कतले रास्वपा ठुलो पार्टी बन्यो भने देशको अवस्था के होला भन्ने चिन्ता प्रकट गर्ने अवस्था आएको छ । यो चुनाव जितेर सरकार बनाउन सकिएन भने सिंहदरबारदेखि संसद् भवनसम्म जलाएको अभियोगमा दोषी सबै जेल पर्ने भनेर चिन्ता गर्ने रवि बालेन समूहको चुनाव जित्ने मकसद के रहेछ भन्ने प्रस्ट भएको छ । विदेशी ग्रीनकार्ड होल्डरदेखि विक्षिप्त मनस्थितिका समेत उम्मेदवार रहेको पार्टीसँग जनताको जति चाँडो मोहभंग हुन्छ देश र जनता लाई त्यति नै फाइदा हुन्छ भन्ने जनमत दिनदिनै बढ्दै छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *