सँगै सँगै प्राण लैजाउँ हरी ।

बृद्धाहरुको हुदैन सोच
गालि गलोज बचन नघोच ।

तृष्णा छ बुद्धि बिबेक कम
पुराना यादका अझै छ दम ।

भारि बोकियो कर्तव्य र्संझि
बिना आशा लाटो हिंडियो लम्कि ।

बंधारि बस्छौं छैन कोहि सार
ईश्वर छिट्टै लगाउँ पार ।

पाउ शिथिल नयन छ कमि
खान सक्किन्न के गर्नु रमि ।

उमेरमा थ्यो बालबच्च सार
ईश्वर छिट्टै लगाउँ पार ।

निशानि झड्का हामी दुवैको
कति प्यार थियोैं हामी सबैको।

छोरा र छोरी कण्ठको धार
ईश्वर छिट्टै लगाउँ पार ।

खाने दन्तको केही भर छैन
संसार यस्तै केही डर छैन ।
शून्य भो प्रभु मटान संसार
बुढेशकालमा नहुने आधार ।

हेर्ने नयनको भर छैन अब
प्यारको माया थियो नि जब ।

एक्कै छिन ढिला नहुदाँ पनि
सुस्तरि सास फेर्ने थिन उनी ।

लडि रहेछौ मायाको आधार
यस्तै रहेछ यो दुखि संसार ।

घरको मोह बालबच्चा साथि
खुसि लहडमा थियौंनि जाति।

बृद्धा भएसि थान्का र मान्को
रहेछ जीवन माया र धनको ।

मायाको बिस्तार झिलि र मिलि
बस्याछौं आज दौंतरी मिलि ।

जुध्न सकिन्न ओठको मुस्कान
कहां जाउँ दैव देखाउँ निसान ।

को छर भन्ने यहाँ कठै बरी
सङ्ग सङ्गै प्राण लैजाउँ हरी

भित्री मनमा धेरै छ व्यथा
ऊनै ईश्वरले सुन्ने छन् कथा।

जिवनका लागि धैर्य छ हाम्रो
सन्तान भलाई सधैं होस् राम्रो

दुख पोख्दैछु मनको यो बाण
हामी दुवैको सङ्गै होस प्राण ।

दिलको आकार प्रभुसार राम्रो
सँगै साथ प्राण लैजाउँ हाम्रो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *