६१ ठाउँको मतपेटिका हेलिकोप्टरबाट संकलन हुने

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ६१ स्थानबाट हेलिकोप्टरबाट मतपेटिका संकलन गर्ने भएको छ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले ताप्लेजुङसहित ६१ स्थानको मतपेटिका हेलिकोप्टरबाट संकलन गरिने जानकारी दिए । उनका अनुसार हुम्ला र डोल्पाका २७ स्थानमा मतपत्रलगायत निर्वाचन सामग्री, कर्मचारी, सुरक्षाकर्मीलाई हेलिकोप्टरमा पठाइएको छ । सचिव राउतले ३ घेरामा सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । उनले मतगणनास्थलको सुरक्षा व्यवस्था पनि मिलाइएको बताए । उनका अनुसार मतगणनास्थलमा तारजाली र सीसीटीभीलगायतको सुरक्षा प्रबन्ध गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *