कुन निर्वाचनमा कति प्रतिशत भएको थियो मतदान
काठमाण्डौं । २१ फागुन (बिहीबार) भएको प्रतिनिधिसभा निर्वाचनमा ६० प्रतिशत हाराहारी मत खसेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन सकिएपछि पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगले ६० प्रतिशत हाराहारी मत खसेको जानकारी दिएको हो । यसअघि २०७९ मा ६१.४१ प्रतिशत मत खसेको थियो । २०७४ मा ६८.६७ प्रतिशत, २०७० मा ७८.३४ प्रतिशत, २०६४ मा ६१.७० प्रतिशत, २०५६ सालमा ६५.७९ प्रतिशत, २०५१ मा ६१.८६ प्रतिशत, २०४८ सालमा ६५।१५ प्रतिशत र २०१५ सालमा ४४।३० प्रशिशत मत खसेको थियो । २०७० सालमा ७८.३४ प्रतिशत मत खसे पनि त्यसपछि निरन्तर मत प्रतिशत घटेको छ ।
















