टिकट कन्फर्म भएपछि मात्र विमानस्थल आउन आग्रह

काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आफ्नो टिकट कन्फर्म भएपछि मात्रै विमानस्थल आउन आग्रह गरेको छ । कार्यालयले मध्यपूर्वमा जारी तनावका कारण टिकट बुकिङ सुनिश्चित भएपछि मात्रै विमानस्थल आउन आग्रह गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको सूचना अनुसार, मध्यपूर्वका केही विमानस्थलबाट नेपाल आउने र नेपालबाट सोही विमानस्थलसम्म मात्र जाने उडान सञ्चालन गर्ने तयारी गरिएको छ । अलपत्र यात्रुलाई आफ्नो गन्तव्यमा पुर्‍याउनका लागि उडान सञ्चालन गर्न लागिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार, यी उडानमा ट्रान्जिट वा कनेक्टिङ यात्रु भने स्वीकार गरिने छैन । मध्यपूर्वका ती विमानस्थल र नेपालबीच सीधा यात्रा गर्ने यात्रु मात्रै यी उडानमा यात्रा गर्न पाउनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *