मतदाताको मतपत्र यस्तो अवस्थामा हुन्छ बदर
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदे छ । बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ । निर्वाचन आयोगले तोकेअनुसार मतदान नगरे मतपत्र बदर हुनसक्छ । दुई चिर्वाचन चिह्न रहेको कोठाको बीचमा पर्ने गरी मतसंकेत गरेमा मतपत्र बदर हुन्छ । यस्तै, एकभन्दा बढी निर्वाचन चिह्नमा मतसंकेत गरेमा मत बदर हुन्छ ।
स्वस्तिक छाप नबुझिने गरी मतसंकेत गरेमा पनि मतपत्र बदर हुने आयोगले जनाएको छ । चार निर्वाचन चिह्न रहेको कोठाको बीचमा पर्ने गरी मतसंकेत गरेमा मतपत्र बदर हुन्छ । मतपत्रमा स्वस्तिक छापको सट्टा औँठाछाप वा अरू छाप वा संकेत प्रयोग गरेमा र कोठाबाहिर छाप लगाएका मतपत्र बदर हुने आयोगले स्पष्ट पारेको छ ।
















