एलजी नेपालको निःशुल्क एसी सेवा शिविर हुने

काठमाडौं । एलजी इलेक्ट्रनिक्सले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा आगामी गर्मी मौसमलाई ध्यानमा राख्दै निःशुल्क एसी सेवा शिविर सञ्चालन गर्ने घोषणा गरेको छ । यस पहलमार्फत एलजीका ग्राहकले आफ्ना एयर कन्डिसनरहरू प्रशिक्षित प्राविधिकद्वारा कुनै पनि सेवा शुल्कविना निरीक्षण तथा मर्मत गराउन सक्नेछन् । ‘यसले राम्रो कूलिङ कार्यक्षमता, सुधारिएको ऊर्जा दक्षता तथा उत्पादनको लामो आयु सुनिश्चित गर्न मद्दत गर्नेछ’ एलजीले एक विज्ञप्तिमा भनेको छ । यस सेवा शिविरमा ग्राहकका लागि थप विभिन्न लाभ पनि उपलब्ध हुने छन् । ग्राहकले स्पेयर पाट्र्समा ५० प्रतिशतसम्म छुट, नयाँ एसी खरिद गर्दा २० प्रतिशत विशेष छुट, साथै ४ हजार रुपैयाँ बराबरको निःशुल्क इन्स्टलेसन सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आफ्नो पुरानो एसी साटेर नयाँ मोडेलमा अपग्रेड गर्ने ग्राहकले एसी एक्स्चेन्जमा ५० प्रतिशतसम्म अतिरिक्त मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् । ‘सेवा शिविरमा सहभागी हुने ग्राहकले ३ हजार रुपैयाँ बराबरका दुईवटा सेवा कुपन पनि प्राप्त गर्नेछन्’ कम्पनीले भनेको छ ‘जुन छ महिनासम्म मान्य हुनेछ, यसले प्रारम्भिक सेवापछि पनि निरन्तर मर्मत सम्भार सहयोग सुनिश्चित गर्नेछ ।’ अपग्रेड प्रक्रियालाई अझ सहज बनाउन एलजी र सीजी इलेक्ट्रोनिक्सले सीजीएक्स इलेक्समार्फत सजिलो ईएमआई सुविधा पनि उपलब्ध गराइरहेका छन्, जसले ग्राहकको भुक्तानीलाई सहज बनाउँछ । निःशुल्क एसी सेवा शिविरको सुविधा लिन इच्छुक ग्राहकले सीजी केयर आधिकारिक क्युआर कोड स्क्यान गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *