केपी ओलीका बुबालाई श्रद्धाञ्जली दिँदै बालेनले भने- पिताजस्तो रक्षक कोही छैन

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा श्रद्धाञ्जली दिएका छन्। शुक्रबार साँझ सामाजिक सञ्जालमा लेख्दै बालेनले एमाले अध्यक्ष ओलीका बुबाप्रति श्रद्धाञ्जली दिएका हुन्। शुक्रबार ओलीका बुबा मोहनप्रसादको ९७औं वर्षको उमेरमा निधन भएको हो। ‘पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरू कोही छैन, पिताजस्तो देवता पनि कोही छैन। पात्र एक, भूमिका अनेक। केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुश छ। पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ,’ उनले लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ज्यूलाई पर्न गएको पितृशोकमा हार्दिक समवेदना व्यक्त गर्दछु। पिताजीप्रति हार्दिक श्रद्धाञ्जली, वैकुण्ठवास होस्।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *