६९ औं राष्ट्रिय सहकारी दिवसको ‘थिम’ तय
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ, नेपालले ६९ औं राष्ट्रिय सहकारी दिवसलाई मध्यनजर गर्दै थिम तय गरेको छ । शनिबार महासंघका का.बा. अध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षतामा बसेको २२८औँ बोर्ड बैठकले `उद्यमशीलता र पारदर्शिता: सहकारीको प्राथमिकता´ मूल थिम तय गरेको हो । नेपालमा सहकारी अभियानको औपचारिक थालनी २०१३ चैत २० गतेदेखि भएको मानिन्छ । सोही ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्ष चैत २० गतेलाई ‘राष्ट्रिय सहकारी दिवस’का रूपमा मनाइँदै आइएको छ। नेपालको पहिलो आधिकारिक सहकारी संस्था बखान सहकारी संस्था, चितवन, २०१३ मा स्थापित भएको थियो । यस ऐतिहासिक घटनाले नेपालको सहकारी अभियानलाई संस्थागत गर्ने आधार तयार गरेको थियो ।
















