लामिछानेको मुद्दासम्बन्धी रिट हेर्दाहेर्दैमा
काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता सविता भण्डारी बरालले गरेको निर्णयविरुद्ध परेको मुद्दा नियमित सुनुवाइ गर्ने भएको छ । महान्यायाधिवक्ता बरालले रवि लामिछानेविरुद्ध दायर मुद्दा संशोधन गने निर्णय गरेकी थिइन् । त्यो निर्णयविरुद्ध सर्वोच्चमा तीन छुट्टाछुट्टै निवेदन दर्ता भएका थिए । न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राख्ने आदेश गरेको हो । अब उक्त मुद्दा पनि नियमित सुनुवाइ हुनेछ ।
















