बुडोल साकोस शिक्षा उपसमितिको आयोजनामा विद्यालयमा बुसा कार्यक्रम सम्पन्न

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि शिक्षा उपसमितिको आयोजनामा ग्लोबल मनी विक २०२६ को सन्दर्भमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप र मनोवृत्ति विकास गर्ने उद्देश्यका साथ धुलिखेलस्थित सञ्जीवनी नमूना मा.वि.मा विद्यालयमा बुसा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कक्षा ११ मा अध्ययनरत ५१ जना विद्यार्थीहरू र ३ जना शिक्षकहरुको सक्रिय सहभागिता रहेको थियो ।

सहभागीहरुलाई वित्तीय संस्था, वित्तीय बजार, पैसाको महत्व, बजेट निर्माण, बचत तथा ऋणको उपयोगिता, उचित वित्तीय निर्णय, अभिभावकको आर्थिक भारमा सहयोग गर्ने उपाय तथा स्वस्थ खानपान सहितको जीवनशैली सम्बन्धी विषयमा संस्थाका वरिष्ठ अधिकृत उमेश आचार्यले प्रशिक्षण गर्नु भएको थियो । कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य गायत्री खड्का, धुलिखेल सेवा केन्द्र कार्यालय प्रमुख इन्दिरा कार्की र बरिष्ठ सहायक सागर कुँबरको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *