निजी क्षेत्रले प्रधानमन्त्री कार्कीलाई दियो बधाई

काठमाडौं । निजी क्षेत्रले प्रधानमन्त्री सुशीला कार्कीलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढंगले निर्वाचन सम्पन्न गराएको तथा चुनावी सरकारलाई सुम्पिएको महत्वपूर्ण राष्ट्रिय जिम्मेवारी सफलतापूर्वक पूरा गरेकोमा धन्यवाद व्यक्त गरेको छ । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री कार्कीलाई बधाई दिएका हुन् । प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गर्ने क्रममा महासंघले पुर्‍याएको रचनात्मक सहयोगको प्रशंसा गरेकी छन्। भेटका क्रममा सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र समृद्ध नेपालको यात्रालाई तीव्र बनाउने विषयमा साझा प्रतिबद्धता व्यक्त गरिएको थियो ।

‘सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूसँग प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट भयो। उक्त भेटमा मैले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले निर्वाचन सम्पन्न गराएको तथा चुनावी सरकारलाई सुम्पिएको महत्वपूर्ण राष्ट्रिय जिम्मेवारी सफलतापूर्वक पूरा गरेकोमा निजी क्षेत्रको तर्फबाट उहाँलाई धेरै धेरै बधाई तथा धन्यवाद व्यक्त गरेँ। उहाँले निर्वाचन सम्पन्न गर्ने क्रममा नेपाल उद्योग वाणिज्य महासंघले पुर्‍याएको रचनात्मक सहयोगको प्रशंसा गर्नुभयो। भेटका क्रममा सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा समृद्ध नेपालको यात्रालाई तीव्र बनाउने विषयमा साझा प्रतिबद्धता व्यक्त गरियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *