भीमफेदीमा पहिरो, कान्ति लोकपथ अवरुद्ध

हेटौँडा । शुक्रबार अपराह्न भएको वर्षापछि आएको पहिरोले कान्ति लोकपथ अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका(८ मा पहिरो खस्दा शुक्रबार साँझ करिब ५ बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरो गएपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो स्थानमा इलाका प्रहरी कार्यालय ठिंगनबाट टोली खटाइएको छ ।

सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ । स्थानीय तह तथा डिभिजन सडक कार्यालयसँग समन्वय गरी अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । उक्त सडक खण्डमा हाल स्तरोन्नति कार्यअन्तर्गत चौडाइ विस्तार र कालोपत्रे गर्ने काम भइरहेको छ । पहिरो खसेको स्थान इलाका प्रहरी कार्यालय ठिंगनबाट करिब ६ किलोमिटर उत्तरतर्फ पर्ने बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *