दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, बुटवल–पाल्पा खण्डमा पहिरो

काठमाडौं । वर्षापछिको पहिरोले नारायणगढ–बुटवलअन्तर्गत दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । भारी वर्षापछि बाटो चिप्लो भएका कारण दुर्वतर्फका सवारीसाधान चल्न सकेका छैनन् । ती सवारीलाई पाल्टा रुट हुँदै डाइभर्सन गरिएको प्रहरीले जनाएको छ । यता सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल,पाल्पाको सिद्धबाबा क्षेत्रमा पनि लेदोसहितको ढुंगामाटो झरेकाले दुवैतर्फको बाटो बन्द भएको छ । अनावश्यक यात्रा नगर्न र गर्नै परे ट्राफिक व्यवस्थापन बुटवल, जिल्ला ट्राफिक कार्यालय पाल्पा, जिल्ला ट्राफिक प्रहरी कार्याल नवलपरासी (पश्चिम)बाट सूचना लिएर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *