कांग्रेसले सात प्रदेशमै निर्वाचन समीक्षा कार्यक्रम गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सात प्रदेशमै निर्वाचन समीक्षा कार्यक्रम गर्ने भएको छ । पार्टी महामन्त्री प्रदीप पौडेलले विज्ञप्ति जारी गर्दै चैत्र २३ देखि २०८३ वैशाख ५ गतेसम्म निर्वाचन समीक्षा कार्यक्रम तय गरिएको जनाएका छन् । कोसी प्रदेशमा विराटनगरमा चैत २३ गते डिला संग्रौलाको संयोजकत्वमा समीक्षा हुने छ । यस्तै, चैत २५ मा मधेस प्रदेशमा सह महामन्त्री फरमुल्लाह मन्सुरको संयोजनमा समीक्षा तय भएको छ । बागमती प्रदेशमा समीक्षा कार्यक्रमको संयोजन सह महामन्त्री बहादुरसिंह लामले गर्नेछन् । वैशाख ३ मा बागमती प्रदेशमा समीक्षा हुने छ ।

गण्डकीमा प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा चैत २७ गते कार्यक्रम हुने छ । लुम्बिनीमा सह महामन्त्री योगेन्द्र चौधरीको संयोजकत्वमा चैत २९ मा कार्यक्रम हुनेछ । कर्णाली प्रदशेमा वैशाख ५ गते समीक्षा हुनेछ । उक्त कार्यक्रमको संयोजन सह महामन्त्री कर्णबहादुर बुढाले गर्नेछ्न। सुदूरपश्चिममा सह महामन्त्री प्रकाश रसाइलीले कार्यक्रम संयोजन गर्ने छन् । वैशाख ५ गते कार्यक्रम तय भएको छ । कांग्रेसले पार्टीङको आगामी बबाटोबारे १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुसँग छलफल गर्ने महामन्त्री पौडेलले बताएका छन् । विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्दै चुनावमा गएको कांग्रेसका सबै पदाधिकारी पराजित भएका थिए । संसदमा कांग्रेसको प्रतिनिधित्व खुम्चिएसँगै यसको कारण पत्ता लगाउन कांग्रेसले प्रदेशस्तरीय समीक्षा गर्न लागेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *