कलाकार सागर लम्साल ‘बले’ लाई पाँच दिन थुनामा राख्ने अनुमति

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ लाई प्रहरीले पाँच दिन थुनामा राख्ने अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सागरलाई थुनामा राखेर अनुसन्धान गर्न ५ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए । सागरलाई प्रहरीले अभद्र व्यवहार कसुरमा मुद्दा चलाएको छ। सागरमाथि अमेरिका बस्ने एक युवतीले आफूमाथि बलात्कारको आरोप लगाएकी छिन् । उनीविरुद्ध युवतीले बलात्कारको जाहेरी दिएपछि प्रहरीले उक्त मुद्दामा पनि अनुसन्धान गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *