पूर्वमन्त्री खड्कालाई थप सात दिन थुनामा राख्न अनुमति

काठमाडौं । अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्कामाथि अनुसन्धानका लागि सात दिनको थुना म्याद दिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न सात दिन म्याद थप भएको हो । उनलाई गत चैत १५ गते पक्राउ गरिएको थियो । उनलाई जिल्ला अदालत काठमाडौंले सात दिन थुनामा राख्न अनुमति दिएको हो । उनले पदीय हैसियतमा आर्जन गरेको सम्पत्ति र जेनजी आन्दोलनका बेला उनको निवासमा आगजनी हुँदा डढेको पैसा फेला परेको विषयमा अनुसन्धान भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *