निर्देशक राजेन्द्र बस्नेतको ‘कार्की साइँला’को फर्स्ट लुक्स रिलिज

काठमाडौं । जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’को पहिलो पोस्टरसँगै प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले नयाँ वर्षको अवसर पारेर आगामी साउन १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार जितु नेपाललाई भरियाको रूपमा देखाइएको छ ।

उनले बोकेको डोकोको पहाडमा पाँचजना भरिया छन् । हाँस्य कलाकारका रुपमा परिचित जितुलाई यस फिल्मका निर्देशक राजेन्द्र बस्नेतले भरियाको कथामा प्रस्तुत गरेका छन् । धनकुटा, सुनसरीको बराहक्षेत्र, चतरालगायस्थानमा खिचिएको यो चलचित्रमा जितु नेपालसँगै प्रियना आचार्य (मुन्नी), सुशील पोखरेललगायतको अभिनय गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *