शुभकामना,नयाँ बर्ष २०८३।

सुख दुख ८२ साल
बिति हाम्रो गयो
नयाँ बर्ष ८३ साल
आगमन भयो ।१

नयाँ वर्ष नयाँ दिन
खुसि मन आवस्
नयाँ राज्य स्वतन्त्र भै
जन आशा छावस्।२

गुम्सिएको स्वतन्त्रता
जब छर्दै आउँ
युवा पन न्याय राज्य
तब भर्दै जाउँ।३

जनताका निरासालाई
खुसि देउ शक्ति
बालापन सहिदका
पुर्ण हुन्छ भक्ति ।४

जनताका दुखि बचन
मान्यतामा दिलाउ
गाँस बास थेकि युवा
अमृत रस पिलाउ ।५

युवा जति पलायन
गाउँ रित्तो भयो
एकतन्त्रीय शासनको
अधिकार गयो ।६

जनताका आँसु अब
झार्न नपार ह‌ै
गोलि बन्दुक ईरादाले
मार्न नसार है।७

अब त्यस्तो हुनु हुन्न
समान रुपले हेर
नयाा नौलो आयाममा
यो राज्यलाई फेर ।८

युवाजोस तिम्रो जांगर
स्फुर्तिले जाउ
तीन करोड नेपालीको
माया मिठो खाउा ।९

भाव तिम्रो बलियो छ
एउटै आधार जन
मात्रृभुमि रोई राछिन
खुल्ला दिलले भन।१०

हिजो सम्म जेजे भयो
निराकरण गर
जन आशा युवा सरकार
परि राछन भर ।१२

सुखदुख ८२ साल
बिति हाम्रो गयो
नयाँ वर्ष ८३ साल
आगमन भयो ।१२

शुभघडि शुभ पला
मित्रता भावना
फिर्दै आयो नयाँ वर्ष
शुभकामना ।१३

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *