रमजानको अवसरमा यूएईमा १२८ नेपाली कैदीलाई आममाफी

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) ले रमजानको अवसरमा १२८ नेपालीलाई आममाफी दिएको छ । आममाफी दिएकोमा नेपाल सरकारले यूएईप्रति कृतज्ञता प्रकट गरेको छ । “पवित्र रमजानको शुभ अवसरमा १२८ जना नेपाली कैदीहरूलाई माफी दिएकोमा नेपाल सरकार युनाइटेड अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछ,” परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । यूएईले मानवीय आधारमा दिएको क्षमालाई नेपाल सरकारले उच्च मूल्यांकन गरेको विज्ञप्तिमा जनाइएको छ । यूएईको अबुधाबीस्थित नेपाल दूतावासमार्फत नेपाल सरकारको अनुरोधपछि १२८ नेपाली कैदीलाई माफी दिइएको परराष्ट्रले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *