‘मास्टर्नी’को पहिलो झलकको केन्द्रमा प्रियंका
काठमाडौं । चलचित्र ‘मास्टर्नी’को पहिलो झलक सार्वजनिक भएको छ । चलचित्रको पहिलो झलकले सिनेमाको कथावस्तुबारे प्रस्ट्याउने प्रयास गरेको छ , केन्द्रमा प्रियंका कार्की छन् । यो चलचित्रको छायांकन सकिसकेको छ । भदौ १२ गते प्रदर्शनमा आउने चलचित्रलाई सुभेन्दू घोषले निर्देशन गरेका छन् । घोषले जितु नेपाल मुख्य भूमिकामा रहेको चलचित्र ‘जीतबहादुर’ निर्देशन गरेका छन् । ‘क्राइम थ्रिलर मर्डर मिस्ट्री’ जनरामा निर्माण भएको चलचित्रमा प्रियंका स्वयंको कथा तथा सान बस्न्यातको पटकथा छ । चलचित्रको कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा छिन् । चलचित्रमा प्रियंकासहित सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुपविक्रम शाही, सिम्रन खड्का, रक्षा थापा, विशाल पहारीलगायतको अभिनय छ ।















