टाटा मोर्टसको विशेष एक्स्चेन्ज योजना सार्वजनिक,पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो घर लैजान सक्ने

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदीका लागि नेपालको आधिकारिक वितरक टाटा मोर्टसले विशेष एक्स्चेन्ज योजना सार्वजनिक गरेको छ । ‘स्विच टु टियागो ईभी’ नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो घर लैजान सक्ने कम्पनीले जनाएको छ । यो विशेष क्याम्पेन शुक्रबारदेखि सोमबारसम्म (अप्रिल १७, १८, १९ र २० मा) देशभर सञ्चालन हुनेछ । अभियान अन्तर्गत जुनसुकै ब्रान्डको बाइक वा स्कुटर प्रयोगकर्ताले आफ्नो सवारीको एक्स्चेन्ज गरी आकर्षक सुविधासहित टियागो ईभी खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

यस अफरमा ग्राहकहरूले केवल ४ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा टियागो ईभी आफ्नो बनाउन सक्नेछन् । योजना अन्तर्गत पुराना दुई पाङ्ग्रे सवारीको उत्कृष्ट मूल्याङ्कन, आकर्षक नगद छुट, निःशुल्क एसेसरिज र एक वर्षको सवारी कर छुट जस्ता विशेष सुविधा उपलब्ध हुनेछन् । त्यसैगरी ग्राहकले सिप्रदी नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, निःशुल्क होम चार्जिङ इन्स्टलेसन सुविधा समेत पाउने छन् । अर्का एकजना भाग्यशाली ग्राहकले आइफोन– १७ प्रो म्यास जित्ने मौका पनि रहेको कम्पनीले जनाएको छ। सुरक्षित, आरामदायी र आधुनिक प्रविधियुक्त विद्युतीय कार प्रयोग गर्न चाहने ग्राहकका लागि यो योजना प्रभावकारी हुने विश्वास कम्पनीको छ । इच्छुक ग्राहकहरूले देशभर रहेका टाटा मोर्टसका आधिकारिक शोरुमहरूमा पुगेर अप्रिल १७, १८, १९ र २० का दिन उक्त अफरको लाभ लिन सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *