जनताको एक मिनेट पनि खेर नजाओस् : मुख्यमन्त्री बानियाँ
हेटौंडा । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत इन्द्रबहादुर बानियाँ को निर्देशनमा प्रदेशका सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयलाई कर्मचारीहरूको हाजिरी विवरण समयमै पेश गर्न कडाइ गरिएको छ। मुख्यमन्त्री बानियाँको पहलमा कर्मचारीहरूको उपस्थितिलाई व्यवस्थित र पारदर्शी बनाउन विद्युतीय हाजिरी प्रणाली लागू गरिएको छ। सो प्रणालीमार्फत अब कर्मचारीहरूको दैनिक उपस्थितिसँगै काज र बिदासम्बन्धी विवरणसमेत अनलाइनमै हेर्न सकिने व्यवस्था गरिएको जनाइएको छ।
निर्देशनअनुसार प्रत्येक कार्यालयले मासिक हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित अभिलेख महिनाको अन्त्य भएको तीन कार्यदिनभित्र अनिवार्य रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनुपर्नेछ। कार्यालयका अधिकृत सातौँ ऋषिराम भुसालद्वारा हस्ताक्षरित पत्रमा उक्त व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै निकायलाई आग्रह गरिएको छ।

















