भाटभटेनीमा सामान किनेका दुई जनाले जिते टाटा पन्च ईभी

काठमाडौं । भाटभाटेनी सुपर मार्केटमा किनमेल गर्दा दुईजनाले विद्युतीय सवारी जितेका छन् । स्टोरमा दुई हजार पाँच सय रुपैयाँ बढी किनमेल गर्दा दुईजनाले टाटा पन्च ईभी जितेका हुन् । दसैँ, तिहार र छठको अवसर पारेर सपिङ गर्दा टाटाको ‘पन्च ईभी’ जित्न सकिने योजनाको सोमबार पुरस्कार घोषणा गरिएको हो । उक्त योजनाअन्तर्गत कलंकीकी रोशनी सिंह तथा पाटनकी समिता प्रधानले टाटाको पन्च ईभी जितेका हुन् ।

टाटाको बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङ र भाटभाटेनीबीच सहकार्य गरी ग्राहकलाई चाडपर्वको अवसरमा सामान किन्दा कार जित्ने योजना ल्याइएको थियो । ‘भाटभटनीबाट किनमेल गरौँ, टाटा पन्च ईभी जितौँ भन्ने नारासहित स्किमको लाभ पुषको १६ गतेसम्म भाटभटेनीमा सामान किनमेल गर्ने ग्राहकले लिएका थिए। खरिदको समय ग्राहकले प्राप्त गरेको बिलको आधारमा प्रणालीमा नाम दर्ता मध्येबाट उनीहरूको नाम लक्की ड्र मार्फत चयन भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *