वैदेशिक रोजगारीमा जाने श्रमिकको सेवा शुल्क बैंकिङ प्रणालीमार्फत

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत बुझाउन अनुरोध गरेको छ । ठगीबाट बच्न, आर्थिक कारोबारलाई पारदर्शी बनाउन र सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्न म्यानपावर व्यवसायीलाई सेवा शुल्क वापतको रकम अनिवार्य रुपमा बैंकिङ प्रणालीमार्फत बुझाउन अनुरोध गरेको हो । उक्त रकम बुझाएको प्रमाण, कागजात तथा अनलाइन कारोबार भएको विवरण आफूसँग सुरक्षित रुपमा राख्न समेत विभागले अनुरोध गरेको छ ।

नगद कारोबार गर्दा ठगी भएको खण्डमा प्रमाण पुर्‍याउन कठिन हुने भन्दै विभागले कसैसँग पनि नगदमा कारोबार नगर्न अनुरोध गरेको हो । म्यानपावर, त्यसका कर्मचारी तथा प्रतिनिधि वा अन्य कुनै पनि व्यक्तिलाई वैदेशिक रोजगारमा जानका लागि या वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि आर्थिक कार्य नगदमा नगर्न पनि अनुरोध गरिएको छ । म्यानपावर कम्पनीहरूलाई समेत वैदेशिक रोजगारीमा जाने श्रमिकसँग नगदमा कारोबार नगर्न भनेको छ । त्यसरी नगदमा कारोबार गरेको खण्डमा कानुन अनुसार कारबाही गर्ने चेतावनी विभागले दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *