हिमालयन डिस्टिलरीले गर्यो ८५.१३ करोड नाफा आर्जन

काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडको नाफा १५.१६ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ८५ करोड १३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७३ करोड ९२ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो । यस्तै कम्पनीको खुद बिक्री आम्दानी ३ अर्ब ९ करोड रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.९९ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीको खुद बिक्री आम्दानी २ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो । यद्यपी कम्पनीको अन्य सञ्चालन आम्दानी भने घटेको छ ।

अन्य सञ्चालन आम्दानी ५ करोड ४० लाखबाट घटेर ४ करोड ४८ लाखमा सीमित बनेको छ । कम्पनीको सञ्चालन मुनाफा १ अर्ब १६ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने कम्पनीको सञ्चालन मुनाफा ९८ करोड ६७ लाख रहेको थियो । अघिल्लो आवमा ८८ करोड ७६ लाख रहेको कम्पनीको रिजर्भ कोषको आकार बढेर १ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी २६.७३ रुपैयाँबाट बढेर ३०.७८ रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको पीई रेसियो ३७.९५ गुणा, प्रतिसेयर नेटवर्थ १३१.८० रुपैयाँ र तरलता अनुपात ५.०९ प्रतिशत रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *