नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काठमाडौँ । नेपाली कांग्रेसले आगामी वैशाख २१ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो १ बजे बैठक बस्ने तय भएको हो। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शनिबार एक विज्ञप्ति जारी गर्दै बैठकबारे आधिकारिक जानकारी दिएका हुन्। विज्ञप्ति अनुसार बैठकमा सहभागी हुन केन्द्रीय कार्यसम्पादन समितिका सबै पदाधिकारी तथा सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ।
















