एभरेष्ट बैंकमा जागिरको अवसर

काठमाडौं । एभरेष्ट बैंकले ११४ जनाका लागि जागिर खुलाएको छ । बैंकले १२ देखि स्नातकोत्तरसम्म अध्ययन गरेका व्यक्तिका लागि जागिर खुलाएको हो । बैंकले कस्टमर सर्भिस एसोसिएट्स र म्यानेजमेन्ट ट्रेनी गरी २ पदका लागि ११४ जना कर्मचारी माग गरेको छ । कस्टमर सर्भिस एसोसिएट्स पदमा ९९ जनाको माग गरिएको छ । यस पदका लागि न्यूनतम शैक्षिक योग्यता कक्षा १२ उत्तीर्ण हुनुपर्नेछ । उम्मेदवारले कम्तीमा ६० प्रतिशत अंक वा २।८ जिपिए प्राप्त गरेको हुनुपर्नेछ । त्यस्तै स्नातक तह उत्तीर्ण गरी कम्तीमा ६० प्रतिशत अंक वा ३ दशमलव जिपिए हासिल गरेका व्यक्तिले पनि आवेदन दिन सक्नेछन् । यो पदमा २८ वर्षसम्म उमेर भएकाले आवेदन दिन सक्नेछन् ।

यस्तै बैंकले म्यानेजमेन्ट ट्रेनी पदमा १५ जना माग गरेको छ । यस पदका लागि व्यवसाय प्रशासन, वित्त, कम्प्युटर एप्लिकेसन, मानव संसाधन वा समकक्ष विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी न्यूनतम प्रथम श्रेणी वा ३ दशमलव ३० जीपीए हासिल गरेको व्यक्तिले आवेदन दिन सक्नेछ । मान्यता प्राप्त चार्टर्ड एकाउन्टेन्सी संस्थाबाट चार्टर्ड एकाउन्टेन्ट उपाधि प्राप्त गरेका उम्मेदवार पनि यस पदका लागि योग्य हुनेछन्। यो पदमा अधिकतम ३० वर्ष उमेर पुगेकाले आवेदन दिन सक्नेछन् । यी र्दुई पदमा आवेदन दिन चाहने इच्छुक उम्मेदवारले २०८३ जेठ ५ गते भित्र अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *