प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस

काठमाडौं । संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशका लागि मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ । बदलिँदो शासकीय राजनीति र अन्योलबीच उनी प्रधानन्यायाधीशमा सिफारिस भएका हुन् । प्रधानमन्त्री बालेन्द्र साहको अध्यक्षतामा बिहीबार बसेको बैठकले सर्वोच्चका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो । बैठकमा प्रधानमन्त्री शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुविकुमारी, प्रमुख विपक्षी नेता भीष्मराज आङदेम्बे र कानुनमन्त्री सोविता गौतम सहभागी थिए । न्याय परिषद्ले गत फागुनमै योग्यता पुगेका ६ न्यायाधीशको नाम संवैधानिक परिषदको सचिवालयमा सिफारिस गरेको थियो । प्रकाशमानसिंह राउत गत चैत १८ गतेदेखि अवकाशमा गएसँगै प्रधानन्यायाधीश रिक्त थियो । सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको भूमिकामा छिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *