पूर्वमन्त्री कार्कीलगायतमाथि तीन अर्ब ६२ करोड भ्रष्टाचारको अभियोग
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानास्थलमा तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर भएको छ । विमानास्थल निर्माणको भन्सार छुटमा भ्रष्टाचार भएको दाबी गर्दै पूर्वमन्त्री कार्कीसहित तत्कालीन सचिव महेशश्वर न्यौपाने, सहसचिवलगायत १४ प्रतिवादीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियारले तत्कालीन अर्थमन्त्री कार्कीसहित तत्कालीन पर्यटन सचिव न्यौपाने, अर्थसचिव शंकरप्रसाद अधिकारी, तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव (तत्कालीन सहसचिव) केवल भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्याललाई पनि सजायको माग गरेको छ ।















