सञ्चालनमा आएको ६ महिनामै हायात प्लेस बुटवललाई तीन प्रतिष्ठित अवार्ड

काठमाण्डौ । हायात प्यालेस बुटवलले सञ्चालनमा आएको मात्र ६ महिनामै तीन प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। ‘होटेल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसन’ तथा ‘वल्र्डवाइड बेस्ट होटेल डट कम’ले होटेललाई ‘नेपालको उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्यु २०२६’, ‘नेपालको उत्कृष्ट होटेल अवार्ड २०२६’ तथा ‘नेपालको उत्कृष्ट जनरल म्यानेजर अवार्ड २०२६’ प्रदान गरेका हुन्। छोटो अवधिमै प्राप्त भएको यो उपलब्धिलाई नेपालको आतिथ्य क्षेत्रमा महत्वपूर्ण सफलताका रूपमा हेरिएको छ। होटेलले विश्वस्तरीय सेवा, आधुनिक सुविधा, आकर्षक कार्यक्रम स्थल तथा उत्कृष्ट व्यवस्थापनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो अलग पहिचान बनाउन सफल भएको जनाएको छ।

विशेषगरी ‘नेपालको उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्यु २०२६’ अवार्डले होटेलको अत्याधुनिक ब्यांक्वेट सुविधा, विवाह तथा विशेष कार्यक्रम व्यवस्थापनमा देखाएको उत्कृष्टता र सेवाको गुणस्तरलाई सम्मान गरेको होटलको भनाई छ। त्यसैगरी ‘नेपालको उत्कृष्ट जनरल म्यानेजर अवार्ड २०२६’ मार्फत होटेलको नेतृत्व क्षमता र व्यवस्थापन दक्षताको उच्च मूल्यांकन गरिएको छ। यस अवसरमा हायात प्लेस बुटवलका महाप्रबन्धक एवं उत्कृष्ट जीएमको सम्मान प्राप्तकर्ता तुसार नागरले छोटो समयमै प्राप्त भएको अन्तर्राष्ट्रिय मान्यताले सम्पूर्ण टोलीलाई थप जिम्मेवार र उत्साहित बनाएको बताए। उनले अतिथि सेवामा उत्कृष्टता कायम राख्दै बुटवललाई अन्तर्राष्ट्रिय आतिथ्य गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढिरहेको उल्लेख गरे।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *