छोरीको जन्मदिनको अवसरमा आइएमई लाइफको बीमा पोलिसी उपहार
काठमाडौँ । सञ्जय लामा बुबा तथा आमा रुजा दर्लामीले आफ्नी छोरी आयुष्वी लामाको जन्मदिनको विशेष अवसरमा आइएमई लाइफ इन्स्योरेन्सको ‘बाल किरण बीमा’ योजना खरिद गरेका छन्। बच्चाको भविष्य सुरक्षित बनाउने उद्देश्यले गरिएको उक्त निर्णय अत्यन्त प्रेरणादायी र दूरदर्शी रहेको हो। उक्त बीमा योजनामार्फत आयुष्वी लामाले विद्यालय जाने समयदेखि प्रत्येक वर्ष विद्यालय शुल्क प्राप्त गर्ने व्यवस्था रहेको छ भने पछि कलेज शिक्षाका लागि आवश्यक एकमुष्ट रकम समेत उपलब्ध हुनेछ। आजको सानो योजना र सोचले भोलिको ठूलो जिम्मेवारी सहज बनाउने विश्वासका साथ गरिएको यो कदम अन्य अभिभावकहरूका लागि पनि उदाहरणीय बन्ने अपेक्षा गरिएको छ। बीमा योजनामार्फत बालबालिकाको शिक्षा र भविष्यलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउने यस्तो अभ्यासले वित्तीय सचेतनालाई समेत प्रोत्साहन गर्ने देखिन्छ।
















