बानेश्वर र सितापाइलामा हिरोको नयाँ शोरुम सञ्चालनमा
काठमाडौं । हिरो मोटोकर्पले काठमाडौंको बानेश्वर र सीतापाईलामा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नयाँ डिलरको हिरो मापदण्ड अनुसारको अत्याधुनिक दुई शोरुमको कम्पनीले मंगलबार सञ्चालनमा ल्याएको हो । उक्त कार्यक्रममा हिरो मोटोकर्प भारतका एशिया व्यवसाय प्रमुख, सी.जी. मोटर्स प्रा.लि. का व्यवसाय प्रमुख, मार्केटिङ प्रमुख लगायतको उपस्थिति थियो ।
हिरोको नयाँ शोरुम मार्पmत ग्राहकहरुले हिरोका नवीनतम् प्रविधी जडित मोटरसाइर्कल तथा स्कुटरका मोडलहरु एउटै स्थानमा अवलोकन तथा खरिद गर्न सक्नेछन् । साथै आधुनिक विक्री सेवा, स्पेयर पाट्र्स, सरल रुपमा फाइनान्सको सुविधा तथा दक्ष टेक्निसियनहरु मार्फत सर्भिसको सुविधा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ । उद्घाटन अवसरमा शोरुमले नयाँ बाइक तथा स्कुटर प्रदर्शन, टेस्ट राइड, ओपनिङ अफरहरू, उपहार तथा नगद फिर्ता योजना साथै एक्सचेञ्ज अफरहरू सञ्चालन गरेको थियो ।
















