उम्मेदवार चयनबारे गगनको नयाँ प्रस्ताव
काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयन गर्दा नयाँ विकल्पमा जान प्रस्ताव गरेका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मधेश प्रदेशको बर्दिबासमा आयोजित प्रदेश तथा स्थानीय तह स्तरीय भेलालाई सम्बोधन गर्दै उनले नयाँलाई अवसर दिनुपर्ने बताएका हुन् । ‘पार्टीका असन्तुष्ट नेतालाई व्यवस्थापन गर्ने काम त गर्छौँ नै सँगै हामीले यसपटक धेरै नयाँ गर्नुछ । पार्टीबाहिर रहनुभएका थुप्रैलाई अवसर दिनुपर्नेछ,’ थापाले भने, ‘पार्टीभन्दा बाहिर धेरै साथीहरू हुनुहुन्छ । छोडेर जानुभएका साथीहरू पनि उत्तिकै हुनुहुन्छ । हामी आगामी चुनावमा बाहिर बसेर केही हुँदैन । नयाँलाई ल्याउँ, युवालाई उम्मेदवार बनाउँ । नयाँलाई खोजेर काममा लागौँ ।
















