कांग्रेसमा ६०/४० भागबन्डाको विषय अब दन्त्य कथा बनिसक्यो – उपसभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र गुटका आधारमा अब भागबन्डा नहुने बताएका छन्। उनले ६०।४० को भागबन्डाको विषय अब दन्त्य कथा बनिसकेको बताए। ‘६० र ४० को भागबन्डाको बिषय अब दन्त्य कथा बनिसक्यो,’ केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज बर्दिवासमा गरेको मधेस प्रदेशस्तरीय कार्यशालामा उपसभापति शर्माले भने, ‘विशेष महाधिवेशनको विपक्षमा रहेका कयौं साथीहरूलाई केन्द्रीय समिति, संसदीय दल र भ्रातृ संस्थाहरूमा ल्याइसकिएको छ।’ उनले पार्टीको नेतृत्वले हिजो आफूसँग सहमतहरूलाई मात्रै जिम्मेवारी दिँदै अघि बढे, पार्टी कमजोर हुने र विभाजनलाई बल पुग्ने पनि बताए।
‘तर विशेष महाधिवेशनको विपक्षमा रहेका कयौं साथीलाई केन्द्रमा, संसदीय दलमा र भ्रातृ संस्थाहरूमा ल्याइएको छ,’ उनले भने। साथै उनले क्रियाशील सदस्यता अद्यावधिक गर्न आग्रह गरेका छन्। ‘इगोको चस्मा उतारेर हेरौं तपाईंको वडामा क्रियाशील सदस्यता अधावधिक गर्न गगन थापा पुग्ने होइन, तपाईंकै वडाको सभापतिले गर्ने हो, ती वडा सभापति विशेष महाधिवेशनले छानेको होइन,’ उनले भने। फरक प्रसंगमा उनले संविधान संशोधन गर्दा ०६२।६३ को आन्दोलन, माओवादी विद्रोह र मधेस आन्दोलन लगायतले स्थापित गरेका उपलब्धि खण्डित हुन नहुने बताए। ‘त्यसबेला संविधानसभामा रहेका तर अहिले प्रतिनिधिसभामा नरहेका मधेस केन्द्रित दलहरूको भावना समेत जोड्न सक्नुपर्छ।
















