पार्टी पुनर्गठनको दबाबमा परेपछि, मलाई कुन विधिबाट हटाउने हो ? – अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्न दबाब आएपछि कुन विधिबाट हटाउने भन्दै प्रश्न सोधेका छन् । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकको सुरुआतमै अध्यक्ष ओलीले नेतृत्वबाट आफूलाई हटाउने प्रक्रिया सोधेका थिए । बैठकमा सहभागी एक सदस्यले भने, पार्टी पुनर्गठनको दबाबमा पर्नुभएका अध्यक्ष ओलीले बैठकको सुरुमै आफूलाई कुन विधिबाट हटाउने हो भनेर सोध्नु भएको थियो । आइतबारको बैठकमा धारणा राख्ने सबै सचिवालय सदस्यले पार्टी पुनर्निर्माण गरेर जानुपर्ने जोड दिएको ती सदस्यले बताए । महाधिवेशनमा उल्लेख्य मत ल्याएर अध्यक्ष बनेका ओली नजिकका नेताहरूले नै पार्टी पुनर्गठनका विषय उठान गरेपछि अल्पमतमा परेका छन् । यसअघि पनि घेराबन्दीमा परेको भन्दै आफ्नो पक्षमा समर्थन जुटाएका अध्यक्ष ओली कुनै हालतमा नेतृत्व नछोड्ने पक्षमा छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *